• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    धादिङमा एक छोराले गरे आमाको हत्या

    • lumbinisanjal
    • २०८२ आश्विन २०, सोमबार १२:३८
    3K
    SHARES
    धादिङमा एक छोराले गरे आमाको हत्या

    धादिङ,२० असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।

    थापाकटेरीका ३० वर्षीय यम बहादुर कँडेल (जिरे)ले आइतबार राति साढे ८ बजेतिर खाना पस्कन लागेका बेला ५४ वर्षीया आमा राममाया माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यम बहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

    शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ । राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ ।


    (यम बहादुर कँडेल (दायाँ)– तस्बिर : अनुप सिटौलाको फेसबुकबाट)

    आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    जेनजी आन्दोलनको दिनदेखि नै उनमा मानसिक समस्या रहेको र सोमबार उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा आइतबार नै उनले आमाको हत्या गरेका छन् । – खबरहब



    lumbinisanjal   
  • २०८२ आश्विन २०, सोमबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP