• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीद्वारा वृक्षारोपण 

    • lumbinisanjal
    • २०८२ श्रावण २३, शुक्रबार १७:३१
    9K
    SHARES
    तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीद्वारा वृक्षारोपण 

    बुटवल, २३ साउन । नेपाल तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले वृक्षारोपणको महत्व, उद्देश्य र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पार्दै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति हसन्त लामाले यो अभियान वातावरण संरक्षणसँगै तरुणहरूलाई एकजुट बनाउने उद्देश्यले गरिएको बताए। उनले वृक्षारोपणले मात्र हरियाली नभई भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा सृजना हुने विश्वास व्यक्त गरे।

    कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, नेपाली कांग्रेस बुटवलका नगर उपाध्यक्ष ज्योती भण्डारी,नगर सचिव छाया पोख्रेल , नेपाल तरुण दल केन्द्रीय सदस्य अजय रावल, कांग्रेस महाधिवेशन प्रतिनिधि महेश थैव , तरुण दल नगर सभापति सुजन पुन ,प्रेस युनियनका जिल्ला अध्यक्ष कबिन्द्र नेपाल, नेपाल किसान संघ जिल्ला अध्यक्ष राजन क्षेत्री, नेपाली कांग्रेस बुटवल–६ का वडा अध्यक्ष तारा ज्ञवाली, नेविसंघ जिल्ला अध्यक्ष सन्दिप पाण्डे, नेविसंघ केन्द्रीय सदस्य बलाराम पौडेल, जनप्रतिनिधि तथा तरुण नेता अशोक राई, आदिवासी जनजाति युवा महासंघ केन्द्रीय सचिव अर्जुन गुरुङ, नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसका सभापति सिद्धार्थ श्रेष्ठ , दुर्गामन्दिर व्यवस्थापन समिति अध्यक्ष चिन बहादुर थापा लगायतले मन्तव्य राखेका थिए।

    वृक्षारोपण कार्यक्रममा आँप, जामुन, बेलौतीसहित तराईका फलफूलका एक सयभन्दा बढी बिरुवा रोपिएका थिए।
    स्वागत मन्तव्य नेपाल तरुण दल बुटवल उपमहानगरपालिका नगर सभापति सुजन पुनले राखेका थिए भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव कृष्ण भण्डारीले गरेका थिए।

    कार्यक्रममा नेपाली कांग्रेस, तरुण दल, नेविसंघ, किसान संघका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित उल्लेख्यको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ श्रावण २३, शुक्रबार १७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP