• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गगन थापाले भने– अदालतको आदेश कुरिरहेका सबै अब मूलधारमा आउनुहुन्छ, म संवाद सुरू गर्छु

    • lumbinisanjal
    • २०८३ बैशाख ५, शनिबार ००:१०
    1K
    SHARES
    गगन थापाले भने– अदालतको आदेश कुरिरहेका सबै अब मूलधारमा आउनुहुन्छ, म संवाद सुरू गर्छु

    काठमाडौं ,५ बैशाख । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेपछि सभापति गगन थापाले अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने बताएका छन्।

    सर्वोच्चको आदेशपछि पार्टीको अबको बाटो के हुन्छ भनेर सोधेको प्रश्नमा संक्षिप्ति प्रतिक्रिया दिँदै सभापति थापाले उक्त कुरा बताएका हुन्।

    ‘म सबैसँग संवाद गर्छु,’ उनले सेतोपाटीसँग भने, ‘यो सम्माननीय अदालतमा विचाराधीन रहेको एउटा विषय थियो। यो विषय टुंगिसकेपछि पार्टीको मूलधारमा मिसिएर जानुपर्छ भनेर कुरेर बसेका साथीहरू अब सँगसँगै आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’

    त्यही विश्वासका आधारमा सबैलाई मिलाएर लैजाने तत्काल प्रक्रिया सुरू गरिहाल्ने उनले बताए।

    ‘म अहिले पनि सबै साथीहरूलाई मिलाएर लैजान संवादमै छु, आगामी दिन त्यो संवादलाई अझ तीव्रता दिनेछु र त्यसका लागि तुरून्तै पहल गरिहाल्छु,’ उनले भने।

    महामन्त्री प्रदीप पौडेलले पनि कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्।

    ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनु हुँदैन। एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो,’ उनले भने।

    उनले अगाडि भने, ‘अब सबैलाई सुरक्षित आभास हुने गरि सबै पुनः चारतारे झन्डामुनि गोलबद्ध बनेर १५औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली कांग्रेसकाका नेता, साथीहरू र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु।’



    lumbinisanjal   
  • २०८३ बैशाख ५, शनिबार ००:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP