• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    स्काभेटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ बैशाख १, सोमबार ११:३५
    2.9K
    SHARES
    स्काभेटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

    हुम्ला,१ बैशाख । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा चङ्खेली गाउँपालिका– २ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।

    चङ्खेली गाउँपालिकाको लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २–०३–००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।

    चालक अर्जुन कामीले बिग्रेको स्काभेटर चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्राथमिक स्वास्थ्यचौकी पुर्‍याइएकाे थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख १, सोमबार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP