• २०८३ भाद्र २३ | Tue, 08 Sep 2026
  • Dark Mode

          Subscribe

    ‘कालापोखरा तिजको मेलैमा’– जन्मथलोको माया पोख्दै बस्तुका बिष्णु भण्डारीको सांगितिक कोसेली

    • lumbinisanjal
    • २०८२ श्रावण २२, बिहीबार २३:०२
    21.5K
    SHARES
    ‘कालापोखरा तिजको मेलैमा’– जन्मथलोको माया पोख्दै बस्तुका बिष्णु भण्डारीको सांगितिक कोसेली

    बुटवल ,२२ साउन  । जन्मिएको गाउँ सम्झन मन लाग्दैन भन्नेलाई ‘माटो’ सायद भिजेको हुँदैन। तर सर्जक बिष्णु भण्डारी ती श्रेणीका व्यक्ति होइनन्। धुर्कोट गाउँपालिका बस्तु स्थित थुमको टाकुरोमा बाल्यकाल बिताएका भण्डारी यतिबेला काठमाडौंको व्यस्त परिवेशमा भए पनि, गाउँको माटो, मान्छे र मेलापात उनको हृदयमा अझै उस्तै रङिन छ ।

    यही भावनाले तान्यो उनलाई , अनि जन्मियो तीजको भाकामा गाउँ समेटिएको कोसेली गीत , ‘कालापोखरा तीजको मेलैमा।’

    धुर्कोट गाउँपालिका–५, बस्तुस्थित थुममा जन्मिएका भण्डारी राजधानीमा अहिले अध्ययनसँगै बैंकिङ तथा सांगीतिक क्षेत्रमा सक्रिय छन्। तर माटोको मोह कम भएको छैन।

    तीजलाई लक्षित गर्दै उनले तयार पारेको यो गीत बस्तुको प्रसिद्ध पोखरी ‘कालापोखरा’ वरपरका लोकसंस्कृति, तीजको रौनक र गाउँले भावनालाई जोडेर तयार गरेका छन् ।

    ‘कहाँ हो र पुतली चट्ट परी हिँडेको, कालापोखरा तीजको मेलैमा’ भन्ने मूल लाइन बोकेको गीतमा गाउँकै हावापानी, संस्कृति र प्रकृति बोल्छ।

    गितमा सिमा नेपालीको स्वर रहेको छ भने शब्द राधिक पन्त भण्डारीले लेखेकी हुन्। संगीत तथा थेगो बिष्णु भण्डारीकै सिर्जना हो। संगीत संयोजन गुल्मी धुर्कोट ५ बस्तुकै महेन्द्र भण्डारीको रहेको छ । महेन्द्र पनि पछिल्लो समयका व्यस्त सर्जक मध्ये एक हुन् । उनले सृजना गरेका गितले लोक गित क्षेत्रमा छुट्टै आयाम लिएर आइरहेका छन् ।

    बस्तुको हर्रेमा जन्मिएका महेन्द्र लामो समय गुल्मीको रेडियो स्काईमा कार्यक्रम संयोजक भएर गाउँमै बसे । त्यहाँ  रहँदा लोक संगित संगै भजनमा व्यस्त भएका उनी राजधानीमा आएर केही आयाम बनाउने साहस राखे । अहिले उनले छुट्टै नाम कमाउन सफल भए ।

    गितमा खड्क बाजुरालीले मिक्सिङ र मास्टरीङ गरेका छन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा खड्ग बुढा मगरले मादल, गोपाल देव घतानीले बाँसुरी, धर्म गन्धर्वले सारंगी र बलबहादुर जैरूले शहनाईमा साथ दिएका छन्।

    भिडियो निर्देशन दिनेश बिष्टले गरेका हुन् भने कोरियोग्राफी शेर साउदको रहेको छ। राधिका भण्डारी र टिमको अभिनय रहेको भिडियोमा छायांकन दीपक गिरीले र सम्पादन मिन रावलले गरेका छन्। भिडियोको सम्पूर्ण पोष्ट–प्रोडक्सन जनता डिजिटलले (डिनपरी क्रिएसन स्टेसनमार्फत) गरेको हो।

    गितको आत्मा – कालापोखरा र गाउँको मायामा बाँधिएको सन्देश । गितले केवल तीजको रौनक मात्र बोकेको छैन, यसले गाउँको टप्पर, कालापोखराको छेउछाउ, मेलापात र गाउँले चेलीबेटीको मुहार झल्काएको छ। गितमार्फत भण्डारीले एउटा सन्देश पनि दिएका छन् — “जुनसुकै उचाइमा पुग्दा पनि माटो भुल्नु हुँदैन।”

    गित ‘बिष्णु भण्डारीको अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    हेर्नुहोस गित : 



    lumbinisanjal   
  • २०८२ श्रावण २२, बिहीबार २३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP