• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    अन्तर्राष्ट्रिय शिक्षा दिवस : सरकारको मूल्याकंनमा यि हुन् उत्कृष्ट शिक्षालय

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:३९
    6.7K
    SHARES
    अन्तर्राष्ट्रिय शिक्षा दिवस : सरकारको मूल्याकंनमा यि हुन् उत्कृष्ट शिक्षालय

    काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ ।जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएको छ । जसमा ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत समकक्षता भन्ने वाक्य समेत तय गरिएको छ ।

    नेपालका केही यस्ता विद्यालय छन् जसले आफ्नो गुणस्तरीय शिक्षा, व्यवस्थापन, र विद्यार्थीहरूको समग्र प्रगतिमा महत्त्वपूर्ण योगदान गर्दै शैक्षिक क्षेत्रको स्तर उकासेका छन् ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको थियो । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेको थियो ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP