• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    तिजगित ‘थरररर’ : शिव पौडेलका शब्दमा पल शाहको दमदार अभिनय

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार ११:०८
    3.8K
    SHARES
    तिजगित ‘थरररर’ : शिव पौडेलका शब्दमा पल शाहको दमदार अभिनय

    बुटवल, १८ साउन । नेपाली चाडपर्व तीजलाई लक्षित गर्दै गायक मोहन खड्का र गायिका दीपिका बायम्बुले नयाँ तीज गीत ‘थरररर’ सार्वजनिक गरेका छन्।

    एमएम इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्स प्रा.लि. को प्रस्तुतिमा बजारमा आएको यो गीतमा शब्द रचनाकार शिव पौडेलको सिर्जनात्मक कलम झल्किएको छ।

    पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बन्दै गएका सर्जक शिव पौडेलले रचेका बोलमा खड्काकै संगीत छ। लक्ष्मण सेन्चुरीको रेकर्डिङ, बिमल छिनालको एरेञ्जमेन्ट, मिक्सिङ तथा मास्टरिङले गीतको ध्वनिमा आकर्षकपन थपिएको छ। डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको गीतको निर्माण मिलन कटवालले गरेका हुन्।

    गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। पपुलर अभिनेता पल शाह र कलाकार सरिता डाँकुटीले अभिनय गरेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन्।

    सम्पादन, रङ संयोजन तथा ग्राफिक्स मनोज कार्कीले सम्हालेका छन्। अनिमेशको मेकअप र भ्यालेन्टिनो बुटिकको पहिरनले कलाकारहरूलाई आकर्षक बनाएको छ भने सम्पूर्ण पोस्ट प्रोडक्सन लुमिनस पोस्ट वर्क ले सम्हालेको छ।

    नेपाली सांगीतिक बजारमा तीजको रौनक थप्ने उद्देश्यले ल्याइएको गीत ‘थरररर’ लाई सबै उमेर समूहका दर्शक–स्रोतामाझ लोकप्रिय हुने विश्वास लिइएको छ

    👉 गीत हेर्नुहोस्: 

     



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार ११:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP