• २०८३ भाद्र २४ | Wed, 09 Sep 2026
  • Dark Mode

          Subscribe

    साहित्यको चर्चित कृति ‘अनुराधा’ अब पर्दामा, प्रदीप उदयले गरे चलचित्र निर्माणको घोषणा

    • lumbinisanjal
    • २०८३ श्रावण २७, बुधबार १०:५७
    507
    SHARES
    साहित्यको चर्चित कृति ‘अनुराधा’ अब पर्दामा, प्रदीप उदयले गरे चलचित्र निर्माणको घोषणा

    बुटवल । नेपाली साहित्यको चर्चित कृति ‘अनुराधा’ अब चलचित्रको पर्दामा आउने भएको छ । निर्माता प्रदीप उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास ‘अनुराधा’ लाई आधार बनाएर चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

    चलचित्रको निर्देशन ऋषि लामिछानेले गर्नेछन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सिनाले तयार पार्नेछन् । साहित्यिक कृतिको भाव, पात्र र कथ्यलाई चलचित्रको स्वरूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण अघि बढाइएको निर्माण पक्षले जनाएको छ ।
    चलचित्रको छायांकन मंसिरको अन्तिम सातादेखि सुरु हुनेछ ।

    तराईका विभिन्न स्थानसँगै काठमाडौंमा समेत छायांकन गरिने बताइएको छ । चलचित्रका कलाकारहरूको नाम भने निर्माण पक्षले हालसम्म गोप्य राखेको छ ।

    चलचित्रको सिनेमेटोग्राफीको जिम्मेवारी सुशन प्रजापतिले सम्हाल्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रलाई दृश्यात्मक रूपमा प्रभावशाली बनाउन लोकेसनदेखि प्राविधिक पक्षसम्म विशेष तयारी भइरहेको छ ।

    निर्माता प्रदीप उदयले चलचित्र निर्माणसँगै बुटवलमा द्वारिका उदय सिनेमा हल समेत सञ्चालन गर्दै आएका छन् । साहित्यिक कृतिलाई ठूलो पर्दामा ल्याउने उनको यो प्रयासले नेपाली साहित्य र चलचित्रबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
    बहुचर्चित उपन्यास ‘अनुराधा’लाई नयाँ पुस्तामाझ चलचित्रमार्फत पुर्‍याउने तयारीसँगै यसको कथा, कलाकार र प्रस्तुतिलाई लिएर दर्शकमाझ चासो बढ्न थालेको छ ।



    lumbinisanjal   
  • २०८३ श्रावण २७, बुधबार १०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP