• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मनसुन सक्रिय, धेरै जिल्लामा बाढीको चेतावनी

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १३:०४
    3K
    SHARES
    मनसुन सक्रिय, धेरै जिल्लामा बाढीको चेतावनी

    काठमाडौं ,४ साउन । हाल देशभर मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा हल्का देखि भारी वर्षासमेत भइरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।

    गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ। कोशी प्रदेशका तमोर र कन्काई नदी सतर्कता तह नजिक पुगेका छन् भने अन्य प्रमुख नदीहरू सामान्य अवस्थामा छन्।

    आज इलाम, झापा, मोरङ, सुनसरी, रसुवा, धादिङ, काठमाडौं, ललितपुर, पोखरा, गोरखा, सुर्खेत, दैलेखलगायतका जिल्लाका साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP