• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा हजारभन्दा बढिले गराए मतदाता नामावली दर्ता

    • lumbinisanjal
    • २०८२ कार्तिक ४, मंगलवार १०:०३
    2.2K
    SHARES
    गुल्मीमा हजारभन्दा बढिले गराए मतदाता नामावली दर्ता

    गुल्मी,४ कात्तिक  । गुल्मीमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि बढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा पनि उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन थालेको पाइएको हो ।

    निर्वाचन आयोगको गत असोज ९ गतको निर्णयअनुसार असोज १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको हो । यस जिल्लामा हालसम्म एक हजार ६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।हालसम्म पुरुष ५९३ र महिला ४५३ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

    नाम दर्ता गराएकामध्ये एक हजार ४६ जना जिल्लामै भोट हाल्ने छन् भने २० जनाले जिल्ला बाहिर भोट हाल्ने भएका छन् । यस जिल्लामा तीव्र रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य भइरहेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताउनभयो । अहिले यहाँबाट दैनिक सय जनाको नाम दर्ता भइरहेको छ । निर्वाचन कार्यालयको एउटा स्टेशन जिल्ला प्रशासन कार्यालयमा पनि भएकोले धेरै नागरिक लाभाम्बित भएको बताइएको छ ।

    नागरिकता र परिचय पत्र बनाएसँगै प्रशासनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने उहाँले बताउनुभयो । अधिकांश मतदाताले आफै मोबाइल वा कम्प्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्न हुँदा एकैदिनमा धेरै जनाको नाम दर्ता भएको पाइएको छ । एक जिल्लाको मतदाताले जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ४, मंगलवार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP