• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    डिजिटल युगमा बुद्ध दर्शन र जीवन रूपान्तरणबारे दीप बोर्डिङमा जेसीजको विशेष कार्यक्रम

    • lumbinisanjal
    • २०८३ श्रावण १३, बुधबार ०७:३९
    13
    SHARES
    डिजिटल युगमा बुद्ध दर्शन र जीवन रूपान्तरणबारे दीप बोर्डिङमा जेसीजको विशेष कार्यक्रम

    बुटवल । बुटवल जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह २०२६’ को चौथो दिन सोमबार दीप बोर्डिङ हाई स्कूलमा ‘कम्यासन एन्ड बोधिचित्त इन द डिजिटल एज’ (डिजिटल युगमा करुणा र बोधिचित्त) विषयक विशेष रूपान्तरणकारी प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् मुख्य वक्ता अन्तर्राष्ट्रिय बौद्ध शिक्षाविद् तथा लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भन्ते मेत्तेय (Venerable Metteyya Sakyaputta) ले तीव्र प्रविधिको विकाससँगै मानिसमा भित्री शान्ति, करुणा र मानवीय संवेदनाको कमी हुँदै गएको बताउनुभयो। उहाँले डिजिटल युगको कोलाहलभित्र बुद्ध दर्शन, सचेतता (Mindfulness) र करुणालाई आत्मसात गर्न सके मात्र जीवनमा वास्तविक रूपान्तरण र सुख शान्ति मिल्ने कुरामा जोड दिनुभयो।

    त्यस्तै, विशिष्ट अतिथि दीप बोर्डिङ हाई स्कूलका प्राचार्य एवम् प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानेले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास र व्यावहारिक शिक्षाका लागि यस्ता जीवन उपयोगी कार्यक्रमहरू अत्यन्त फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमका सभापति एवम् बुटवल जेसीज वर्ष २०२६ का अध्यक्ष जेसीआई सिनेटर यदुमणि पोखरेलले युवाहरूलाई केवल भौतिक सफलतामा मात्र नभई नैतिक निष्ठा र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्न जेसीजले कार्यक्रम आयोजना गरेको बताउनुभयो।

    कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिनेशप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष मनोज भट्टराई, नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक रमेश अर्याल, दीप बोर्डिङका +2 सह-संयोजक अमर खत्री तथा कार्यक्रम संयोजक भेषराज पोखरेल लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।

    सहभागी विद्यार्थीहरूको तर्फबाट प्रतिक्रिया राख्दै दीप स्टुडेन्ट क्लबकी अध्यक्ष बिबिका अर्याल र विद्यार्थी विश्वास अधिकारीले यो कार्यक्रम वर्तमान प्रविधियुक्त समयमा अत्यन्तै सान्दर्भिक, उपयोगी र प्रभावकारी भएको बताउनुभयो।

    कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक विकास पन्थी, बुटवल जेसीजका पूर्व अध्यक्षहरू मथुरा पिया र मोहन न्यौपाने, दीप बोर्डिङका सहायक प्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्र शाक्य, +2 संयोजक कमल नेपाल, विद्यालय व्यवस्थापन समिति सदस्य एवम् शिक्षक वसन्त कुमार जोशी लगायत विभिन्न व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। जेसीज आस्थापाठ प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी कमल शर्माले गर्नुभएको थियो। बिहानी र दिवा गरि दुइसत्रमा कार्यक्रम आयोजना गरिएको थियो ।



    lumbinisanjal   
  • २०८३ श्रावण १३, बुधबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP