• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    रास्वपा महाधिवेशनमा कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता सहभागी हुने, विदेशीलाई छैन निम्तो

    • lumbinisanjal
    • २०८३ असार ७, आईतवार ०२:१३
    507
    SHARES
    रास्वपा महाधिवेशनमा कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता सहभागी हुने, विदेशीलाई छैन निम्तो

    बुटवल , ७ असार । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा अन्य राजनीतिक दलको नेतृत्वको सहभागिता हुने भएको छ।

    चितवनको भरतपुरमा असार ७, ८ र ९ गते हुने रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सहभागी नहुने भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएको थियो। रास्वपा महाधिवेशनमा उनीहरूले आफू सहभागी नभई प्रतिनिधि पठाउने भएका हुन्।

    कांग्रेसले उपसभापति पुष्षा भुसाल, एमालेले नेता प्रदीप ज्ञवाली र नेकपाले नेता वर्षमान पुनलाई पठाउने भएको छ। राप्रपाबाट भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने छन्।

    यस्तै  प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई,  जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनेछन्। रास्वपाले प्रथम महाधिवेशन विदेशस्थित दलहरूलाई आमन्त्रण गरेको छैन।

    रास्वपा सहमहामन्त्री विपिन आचार्यले महाधिवेशनको शुभेच्छाको लागि पत्राचार गरिए पनि भौतिक रुपमा उपस्थित हुने गरी निमन्त्रणा नगरिएको बताए। ‘शुभेच्छाहरूको लागि पत्राचार गरेका छौँ। तर, फिजिकल्ली उपस्थित हुने गरी यसपटक अन्य देशका दललाई निमन्त्रणा गरेका छैनौँ,’ आचार्यले नेपालखबरसँग भने, ‘विदेश पाहुनाको उपस्तिथि रहने छैन।’

    केही मित्र राष्ट्रहरूबाट महाधिवेशनको शुभकामना आएको भए पनि सहभागिताको लागि निमन्त्रणा नगरिएको उनको भनाइ छ। कांग्रेस, एमालेलगायतका दलको महाधिवेशनमा विदेशस्थित मित्र पार्टीहरूलाई आमन्त्रण गर्ने र ती पार्टीले प्रतिनिधि पठाएर शुभकामना व्यक्त गर्ने प्रचलन थियो।



    lumbinisanjal   
  • २०८३ असार ७, आईतवार ०२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP