• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते

    • lumbinisanjal
    • २०८२ कार्तिक ८, शनिबार १८:२४
    2.3K
    SHARES
    अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते

    अर्घाखाँची,८ कार्तिक ।  अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो ।

    उक्त गाडीमा १५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा पाणिनी गाउँपालिका –८ पाली बस्ने चालक २७ वर्षीय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी –१ बस्ने वर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ।

    त्यस्तै, छत्रदेव –७ बस्ने वर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी –१ बस्ने वर्ष ६० कि रिमा भुसाल, मालारानी –१ बस्ने वर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल –१६ रानीगंज बस्ने वर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी –७ बस्ने वर्ष १८ कि पूजा पाण्डे, उनकी छोरी वर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव –५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते भएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । – newsofnepal



    lumbinisanjal   
  • २०८२ कार्तिक ८, शनिबार १८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP