• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नवलपरासी लोकाहा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १०:४९
    3.7K
    SHARES
    नवलपरासी लोकाहा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो

    नवलपरासी, २८ बैशाख ।  नवलपरासी बर्दघाट–सुस्ता पूर्वकाे कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गएको छ । भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP