• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते

    • lumbinisanjal
    • २०८३ बैशाख १०, बिहीबार १४:५६
    1.3K
    SHARES
    स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते

    प्यूठान,१० बैशाख । स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

    भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो। मृतकको पहिचान खुलेको छैन।

    दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

    जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो। घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।

    घटनाबारे थप विवरण आउन बाँकी छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १०, बिहीबार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP