• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गण्डकीको बजेट ३१ अर्ब ९८ करोड

    • lumbinisanjal
    • २०८२ असार १, आईतवार १८:४४
    1.7K
    SHARES
    गण्डकीको बजेट ३१ अर्ब ९८ करोड

    पोखरा,०१ असार । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५९ दशमलव ७ प्रतिशत हो ।

    वित्तीय व्यवस्थापनका लागि २५ करोड विनियोजन गरिएको छ ।

    ७ अर्ब ७३ करोड रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाँटबाट प्राप्त हुने सरकारको अनुमान छ ।

    आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्ब रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।



    lumbinisanjal   
  • २०८२ असार १, आईतवार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP