• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    मृत्युको ८६ बर्षपछि धुर्कोटमा नातीहरुले हजुरबुवाको योगदानलाई जिवित पारे

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १७:५०
    18.6K
    SHARES
    मृत्युको ८६ बर्षपछि धुर्कोटमा नातीहरुले हजुरबुवाको योगदानलाई जिवित पारे

    बुटवल , २३ बैशाख । पश्चिम गुल्मीको शैक्षिक धरोहर मानिने धुर्कोट गाउँपालिका ५ वस्तुको हिमालय माविलाई आजको स्थान सम्म ल्याईपुर्याउने त्यस समाजका अग्रजहरु मध्ये एक थिए स्वर्गिय कुलबहादुर श्रेष्ठ । उनको मृत्यु भएको पनि ८६ बर्ष पुगेको छ । उनै श्रेष्ठका नातीपलातीहरुले त्यस बिद्यालयको शैक्षिक बिकासका लागि २० लाख रुपैया शनिबार सहयोग हस्तान्तरण गरेर हजुरबुवाले त्यस विद्यालयलाई पुर्याएको योगदानलाई पुनर्जिवित पारेका छन ।

    वस्तु हटियाका स्वर्गिय कुलबहादुर श्रेष्ठका कान्छा छोरा स्वर्गिय जनकलाई श्रेष्ठ र देविलक्ष्मी श्रेष्ठका छोराहरुले हजुरबुवा र बुवाले त्यस बिद्यालयलाई पुर्याएको योगदानलाई उक्त सहयोग गरेर पुनर्जिवित पारेका हुन ।

    हजुरबुवा कुलबहादुर र बाबु जनकलालले जिवित हुञ्जेल त्यस बिद्यालय स्थापना गर्न देखि बृद्धिविकासमा ठुलो योेगदान पुर्याउँदै आएका थिए । उनका छोरा नातिहरुले पनि सोही बिद्यालयमा पढेका थिए । हिमालय माविको शैक्षिक विकासमा श्रेष्ठ परिवारले पुर्याएको योगदानको सम्मान स्वरुप कुलबहादुर श्रेष्ठको शालिक त्यस विद्यालयले स्थापना गरेको छ । शालिकको शनिवार एक समारोहका बीच धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अनावरण गरेका थिए ।

    सोही समारोहमा उनका नातिहरुले बिद्यालयको शैक्षिक बिकासका लागि २० लाखको चेक हस्तान्तरण गरेका हुन । उक्त सहयोग हस्तान्तरण गर्न स्वर्गिय कुलबहादुर श्रेष्ठका दुई नातिहरु रुपेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ , जिवनकुमार श्रेष्ठ , सरोजकुमार श्रेष्ठ , जवहारलाल श्रेष्ठ र पलातीहरु धिरेन्द्रकुमार श्रेष्ठ , ऋषिकुमार श्रेष्ठ , दिलिपकुमार श्रेष्ठ आईपुगेका थिए ।

    पुर्खौली घर वस्तु हटिया छाडेर २०२८  सालमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा श्रेष्ठ परिबार बसाईसराई गरेतापनि पुर्खेयौली घरजमिन बेचेका छैनन । पुर्खाको चिनो , आफु जन्मेको माटोको माया बसाउँछ भन्दै नबेचेका उनिहरुले आफुले बढेको बिद्यालयलाई पनि सम्झीन पुगे । २०२९ सालको एसएलसी हिमालय माविबाटै दिएको हुँ, कुलबहादुरका नाति तथा जनकलालको जेठा छोरा रुपेशकुमार श्रेष्ठले गला अवरुद्ध पार्दै भने कर्मथलो जहाँ बनाएर पुगेपनि आफु जन्मेहुर्केको माटो भुल्न कहाँ सकिन्छ र ? सधै सम्झना आईरहन्छ ।

    आज झण्डै ५२ बर्ष यो बिद्यालयमा पाईला टेक्न पाउँदा असाध्ध्रै भावुक भएको छु । उनका भाई राजेन्द्रकुमार श्रेष्ठ गत २५ बर्ष देखि सपरिबार लण्डनमा बस्छन । उनी पनि दाजुकै जस्तो भावुक हुँदै हजुर बुवा कुलबहादुर र बाबु जनकलालले त्यस बिद्यालयलाई पुराएको योगदानलाई सम्झेर शालिक स्थापना गरिदिएको प्रति कृतज्ञता जाहेर गरे ।

    कार्यक्रममा आएका  स्वर्गिय कुलबहादुरका सम्पुर्ण सन्ततीहरुलाई बिद्यालयले प्रमुख अतिथी गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल र बिशिष्ट अतिथी उपाध्यक्ष सिता गिरीको हातबाट सम्मान गरेको थियो । त्यस्तै धुर्कोट वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष केशवराज भण्डारीले मायाको चिनो,करुवा प्रदान गरेका थिए । स्वर्गिय कुलबहादुर श्रेष्ठका पुर्खाहरु भक्तपुरमा बसोबास गर्दथे ।

    हिमालय माविका प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले संकलन गरेको ईतिहास अनुसार भक्तपुरपछि बुटवल ,पाल्पा र गुल्मीको रिडी हुँदै विक्रम सम्बत १९३५ सालमा धुर्कोट वस्तुमा आएर व्यापार सुरु गरेपछि उनिहरु बस्ने थलो कै नाम हटिया बन्न पुगेको उल्लेख छ ।

    श्रेष्ठ धुर्कोट वस्तुमा आएदेखि बजारिकण सुरु हुनुका साथै त्यहाँको शैक्षिक विकासले फड्को मार्न सुरु गरेको भण्डारीले लेखेको ईतिहासमा उल्लेख छ । विक्रम सम्वत १९२२ सालमा पाल्पामा जन्मिएका कुलबहादुर श्रेष्ठको १९९६ सालमा धुर्कोट वस्तुमा स्वार्गरोहण भएको थियो । उनका तीन भाई छोराहरु मध्ये जेठा गोपाल प्रसाद श्रेष्ठको २०६५ सालमा मृत्यु भएको थियो । उनि जनप्रिय राजनीतिकर्मी थिए । उनी लामो समय सम्म तत्कालिन वस्तु गाउँ पञ्चायतको प्रधानपञ्च रहेका थिए । स्वर्गिय गोपाल प्रसाद श्रेष्ठ हिमालय माविका संस्थापक अध्यक्ष थिए ।

    माईला छोरा ईन्द्रलाल श्रेष्ठको मृत्यु २०७१ सालमा भएको थियो । उनि पनि वस्तुका अगुवा समाजसेवीहरु मध्ये एक गनिन्थे । कान्छा छोरा जनकलालको मृत्यु २०५८ सालमा भएको थियो । उनलाई स्थानीय बुढापाकाहरुले उनि मरे पनि समाजमा उनले पुराएको योगदान कहिल्लै नमर्ने बताए ।

    कार्यक्रमका प्रमख अतिथी पोख्रेल , बिशिष्ट अतिथी गिरि , वडाध्यक्ष भण्डारी, त्यस बिद्यालयका पुर्व अध्यक्ष नन्दराम भण्डारी, वर्तमान अध्यक्ष लोकहरि भण्डारी, प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले पनि मन्तब्यका क्रममा श्रेष्ठ परिबारले त्यहाँको शैक्षिक विकासमा पुर्याएको योगदानलाई निरन्तरता दिदै उनका नाती , पलातीहरुले यसरी बिद्यालयलाई बिसौ लाख रुपैयाँ सहयोग गरेको प्रति धन्यबाद दिएका थिए । त्यस बिद्यालयका शिक्षक धर्मराज रिजालले स्वर्गिय कुलबहादुर श्रेष्ठको मृत्यु भएको ८६ बर्ष पछि नाती,पलातीहरुले उनको योगदानलाई निरन्तरता दिनु उनिहरुको ऐतिहासिक कार्य रहेको प्रतिकृया दिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP