• २०८३ आश्विन ९ | Fri, 25 Sep 2026
  • Dark Mode

          Subscribe

    टिप्परको ठक्करबाट रुपन्देहीमा दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार ७, शनिबार २०:१२
    4.5K
    SHARES
    टिप्परको ठक्करबाट रुपन्देहीमा दुई जनाको मृत्यु

    बुटवल ,०७ असार ।  रुपन्देहीमा शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    मायादेवी गाउँपालिका-७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका-५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो ।

    बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिप्पर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ असार ७, शनिबार २०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP