• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ बैशाख २९, सोमबार १५:५८
    2K
    SHARES
    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    म्याग्दी,२९ बैशाख । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

    अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।



    lumbinisanjal   
  • २०८२ बैशाख २९, सोमबार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP