• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    साईवर सुरक्षामा जोड दिँदै सकियो डिजिटल साक्षरता सम्मेलन

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १७:१५
    4.2K
    SHARES
    साईवर सुरक्षामा जोड दिँदै सकियो डिजिटल साक्षरता सम्मेलन

    बुटवल , २३ बैशाख ।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रूपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सोमबार बुटवलमा डिजिटल साक्षरता र सुरक्षा सम्मेलन गरिएको हो ।
    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालको समग्र विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्नका लागि सूचना प्रविधिको प्रयोग बढाउँदै लगिएको बताउँदै पछिल्लो समय कार्यालय तथा संघसंस्थाहरूमा प्रविधिको प्रयोग अनिवार्य बनेको बताउनु भयो । प्रविधिको विकास र प्रयोगले सरकारी कार्यालयहरुमा घण्टौ लाग्ने काम घरमै बसेर केही मिनेटमै गर्न सकिने भन्दै यसका लागि डिजिटल साक्षरता तालिम आवश्यक रहेको भनाई राख्नु भयो ।

    कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेले देशमा पछिल्लो समय साइबर हमलाका घटना बढ्दै गइरहेको भन्दै सचेत बन्नुपर्ने बताउनु भयो । डिजिटल साक्षरताको आवश्यकता बढ्दै गएको बताउनु भयो । क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा यसको आवश्यकता, सम्भावना र चुनौतीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

    कार्यक्रममा डिजिटल उपकरण प्रयोग गर्ने तरिका र त्यसका नीति निमयमका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सूचना तथा सञ्बार प्रविधि प्रतिष्ठान लुम्बिनी प्रदेशका निर्देशक अनुप बास्कोटाले पछिल्लो समय संसारभरनै साइबर अपराधका घटना बढ्दै गएको बताउँदै साइबार सुरक्षा बारेमा जानकारी गराउनु भएको थियो । नेपालमा पनि यसबाट पीडित हुनेको संख्या बर्षेनी बढ्दै गएकोले यसतर्फ सचेत हुनेपर्ने बताउनु भयो । विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रलोभनमा पारेर तथा मोबाइन बैंकिङमा पहुँच पुर्याएर ठगी गर्नेक्रम बढ्दै गएको बताउँदै यसबाट जोगिन सुरक्षित हुन आग्रह गर्नुभयो ।

    यस्तै आइटी इन्जिनियर राहुल शाक्यले पछिल्लो समय सूचना प्रविधिको विकाससँगसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको बताउनु भयो । सामाजिक सञ्जालको गलत प्रयोगका कारण गम्भीर घटना हुने गरेको बताउँदै यसको सहि प्रयोगमा जोड दिनुभयो । आइटी विज्ञ शिव भट्टराईले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्दै नेपालमा डिजिटल साक्षरता दर बढाउन जरुरी रहेको बताउनु भयो ।

    कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवर, केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, बुटवलउद्योग बाणिज्य संघका अध्यक्ष हरी अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्याप्यार संघका बरिस्ठ उपाध्यक्ष प्रकाशढकाल, क्यान महासंघ रुपन्देहीकानिवर्तमान अध्यक्ष माधव अर्याल,पुर्व अध्यक्ष रामुदेव गौतम, लोकहरि पाण्डे,क्यानका पदाधिकारी र तालिमकर्ताको रुपमाजनप्रतिनिधि, कर्मचारी,टोल बिकाश संस्थाका अद्यक्षहरु,सहकारी कर्मी रविद्यार्थीलगायतगरि ३०० बढीको सहभागिता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन क्यान महासंघ रुपन्देहीका सचिव शुरेसचन्द्र भट्टराईले गरेका थिए भने प्यानल छलफल मा ई. प्रकाश पौडेलले सहजीकरण गरेका थिए । डिजिटल साक्षरता र बिद्धुतिय सुरक्षा सम्मेलनको कार्यक्रम संयोजक महासंघका सचिव सुरेशचन्द्र भट्टराई र रक्तदान कार्यक्रमको संयोजकको भूमिकामा कार्यसमिति सदस्य बिष्णुप्रसाद गौतम रहेकाथिए। कार्यक्रम सम्पन्न गर्न मुख्य सहयोगीको रुपमा बुटवल उपमहानगरपालिकारहेको थियो भने सहयोगी सँस्थाको रुपमा रहेर सीएसआइटी एसोसिएसन रुपन्देही र कोड फर चेन्जले प्राबिधिक सहयोग गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP