• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ पुष २१, सोमबार १५:३६
    780
    SHARES
    पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

    एजेन्सी ,२१ पुस । पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

    मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २ः३० बजे राती सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो ।

    सितारो टापु रिजेन्सी प्रशासनले एक शिशु सहित चार जना बासिन्दा बेपत्ता रहेको र अन्य चार जना घाइते भएको बताएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

    प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रारम्भिक तथ्याङ्कले ३५ परिवारका १०८ जना विस्थापित भएको देखाएको छ ।

    प्रकोपले पाँचवटा घरहरू बगाउनु का साथै पूर्वी सियाउ र दक्षिण पूर्वी सियाउका जिल्लाहरू बिचको सडक पहुँच काटिएको जनाइएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष २१, सोमबार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP