• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    कालिकापथमा मोटरसाइकल दुर्घटना , एकको मृत्युु

    • lumbinisanjal
    • २०८२ बैशाख २२, सोमबार १५:४८
    2.2K
    SHARES
    कालिकापथमा मोटरसाइकल दुर्घटना , एकको मृत्युु

    बुटवल , २२ बैशाख । बुटवलको कालिकापथ स्थित सडकको बिचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

    शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर दुर्घटना भई मृत्यु भएको टन्डनको शव भने आज फेला परेको हो ।

    पोलमा ठोक्किएर मोटरसाइकल उछिटि्एटर झाडीमा पुगेको थियो । झाडीमा पुगेको टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख २२, सोमबार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP