• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभरको मौसम बदली, केही भूभागमा मध्यम वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८२ भाद्र १४, शनिबार ०६:२१
    2.2K
    SHARES
    देशभरको मौसम बदली, केही भूभागमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं,१४ भदौ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशको तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।



    lumbinisanjal   
  • २०८२ भाद्र १४, शनिबार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP