• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मेली सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार ०६:०२
    6.6K
    SHARES
    गुल्मेली सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    बुटवल ,४ बैशाख । गुल्मेली सम्पर्क समाज रुपन्देहीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम एक समारोहकाबिच सम्पन्न गरेको छ।

    समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता , महासचिव राजेन्द्र कुँवरको सञ्चालन, प्रथम उपाध्यक्ष हेम थापाको स्वागतमा सम्पन्न कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख अतिथि खरेलले समाजले स्थापना कालदेखि नै समाजमा अनुकरणीय कार्य गरेको कुरा बताँउदै आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

    समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले देशविदेशमा बस्नुभएका सम्पूर्ण बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू एवम् सम्पूर्ण मान्यजनमा सुस्वास्थ्य, शान्ति, सौन्दर्य एवम् सफलताको स्पर्शले मन आलोकित रहोस् भन्ने शुभकामना राख्दै समाजका तर्फबाट नवीन योजनासहित कार्यक्रम सञ्चालन हुने र यसका निम्ति उपयुक्त समय व्यवस्थापनसहित तन, मन र धनले समाजलाई सिञ्चित गर्नुहुन सम्पूर्ण सदस्य तथा सल्लाहकार एवम् नागरिक समाजका अगुवाहरुलाई अपील गर्नुभयो ।

    समाजको गुरुयोजनाअनुसार स्थापना भएका प्रतिष्ठानहरू श्री श्रृङ्गेश्वरधामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखा रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवाली, रेसुङ्गा अलौकिक वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णप्रसाद पोख्रेल तथा निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुनले संस्थाका गतिविधि प्रस्तुत गर्दै यी कार्यक्रममा हातेमालोमा साथ दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा सल्लाहकारहरु टीकाराम घिमिरे, जेपी कडेल, डा. हरिप्रसाद भण्डारी, हरि ज्ञवाली, टिकाराम न्यौपाने, नन्दराम भुसाल, मित्रलाल न्यौपाने, यदु पन्थ, पारस भण्डारी, नन्दराम भण्डारी, अधिवक्ता खडानन्द भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभको थियो । उक्त कार्यक्रमका संयोजक तथा सचिव भोजेन्द्र खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात् दोस्रो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ।

    आगामी जेष्ठ १७ गते समाजको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार ०६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP