• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

    • lumbinisanjal
    • २०८२ बैशाख ३०, मंगलवार १०:१०
    1.8K
    SHARES
    महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

    काठमाडौं, ३० बैशाख । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग महत्त्वपूर्ण खेल खेल्दैछ। समूह ‘सी’ मा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु हुनेछ।

    डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। हङकङको भने दुवै खेल वर्षाले प्रभावित भएका कारण टोलीले अझै पूर्ण खेल खेल्न पाएको छैन, जसले प्रतियोगितामा उसको स्थिति कमजोर बनाएको छ। यदि नेपालले आजको खेलमा हङकङलाई पराजित गर्न सफल भयो भने, एक खेल बाँकी छँदै समूह विजेता बन्दै सुपर थ्री चरणमा स्थान सुरक्षित गर्नेछ। तर पराजित भएमा नेपालको यात्रा जटिल बन्नेछ।

    नेपाल र हङकङबीच पछिल्ला ५ टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले २ जित निकालेको छ भने हङकङले १ खेलमा मात्र जित हात पारेको छ। पछिल्ला दुई भिडन्त वर्षाका कारण बिना नतिजा टुंगिएका थिए।

    यस प्रतियोगितामा ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्री चरणमा स्थान बनाउनेछ। त्यसपछि सुपर थ्री का तीन टोलीबीच एकअर्कासँग प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष दुई टोलीले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। नेपाली महिला क्रिकेट टोली अहिलेसम्म ग्लोबल क्वालिफायर पुग्न सकेको छैन। यस पटक भने टोलीले ऐतिहासिक लक्ष्यसहित मैदान उत्रिएको छ – ग्लोबल क्वालिफायर हुँदै विश्वकपमा स्थान बनाउने। आजको खेलले त्यस यात्राको दिशा निर्धारण गर्नेछ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३०, मंगलवार १०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP