• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान तालिका परिवर्तन, हप्तामा चार दिन उडान हुने

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार २३:२८
    5.6K
    SHARES
    गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान तालिका परिवर्तन, हप्तामा चार दिन उडान हुने

    अजय भण्डारी / काठमाडौँ ,२५ कार्तिक । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलका लागि आफ्नो ‘विन्टर सेड्युल’ अन्तर्गत नयाँ उडान तालिका सार्वजनिक गरेको छ । यो नयाँ तालिका नोभेम्बर १३ देखि नोभेम्बर ३० सम्मका लागि लागू हुने निगमले जनाएको छ ।

    सार्वजनिक तालिका अनुसार, उक्त अवधिका लागि रेसुङ्गा विमानस्थलमा आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी हप्तामा चार पटक उडान हुनेछ ।

    उडान तालिका अनुसार आइतबारका लागि काठमाडौँबाट बिहान ८:१५ बजे उडान हुनेछ भने अन्य दिनहरु (मंगलबार, बिहीबार र शनिबार) काठमाडौँबाट बिहान ६:३० बजे जहाज उड्नेछ । यो रुटमा निगमले आफ्नो टुइनअटर ‘९एन-एबियु’ (9N-ABU) र ‘९एन-एबिटि’ (9N-ABT) जहाजमार्फत उडान भर्नेछ । काठमाडौँदेखि रेसुङ्गासम्मको उडान अवधि करिब ४५ देखि ५० मिनेटको हुने निगमले जनाएको छ ।

    यसअघि, प्रतिकूल मौसम र जहाजको अभावका कारण रेसुङ्गा विमानस्थलमा उडान अनियमित हुने गरेको थियो । वर्षायाममा कुहिरोका कारण उडानहरू प्रभावित हुने गरे पनि मौसममा सुधार आएसँगै उडानलाई नियमित र विस्तार गरिएको हो ।

    उडान संख्या थपिएसँगै गुल्मी तथा आसपासका जिल्लाका बासिन्दालाई काठमाडौँ आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ । यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

    रेसुङा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी संगै छिमेकी जिल्लाहरुका यात्रुहरुका लागि यो कार्यतालिकाले यात्रा गर्न सहज हुने बताउनु भयो । उहाँले यात्रुको चापअनुसार उडान भर्न आफू लागिरहेको बताउँदै नियमित उडानका लागि निगम संग निरन्तर अनुरोध र संबाद गरिरहेको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार २३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP