• २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    ५१ सूचक र २८ चरण पार गर्दै धुर्कोट नयाँगाउँ बालमैत्री वडा घोषणा

    • lumbinisanjal
    • २०८२ असार १६, सोमबार ०८:३७
    2.7K
    SHARES
    ५१ सूचक र २८ चरण पार गर्दै धुर्कोट नयाँगाउँ बालमैत्री वडा घोषणा

    गुल्मी ,१६ असार । धुर्कोट गाउँपालिका-१ नयाँगाउँ गुल्मीमै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । आइतबार सबै प्रक्रियागत सूचक र चरण पूरा गरेर नयाँगाउँ जिल्लामै पहिलो पटक बालमैत्री शासनयुक्त वडा घोषणा भएको हो ।

    जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको रोहबरमा वडाध्यक्ष चेतमान कुँवरलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेपछि औपचारिक रूपमा नयाँगाउँ बालमैत्री शासनयुक्त वडा घोषणा भएको छ ।

    वडाध्यक्ष कुँवरका अनुसार ५१ सूचक २८ तहगत चरण पार गरेर वडा पहिलो पटक बालमैत्री शासनयुक्त घोषणा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीको नेतृत्वमा गठित जिल्ला स्तरीय समितिले वडाको अनुगमन गरेपछि यसको अन्तिम प्रक्रिया पूरा भएको थियो ।

    वडा तहमा बाल संरक्षण समिति गठन, बालमैत्री नीतिहरू तयार गरी लागु, बालबालिकासम्बन्धी कार्यक्रमका लागि वार्षिक बजेट छुट्याएको र वडामा बाल अधिकार संरक्षणसम्बन्धी कार्ययोजना रहेको सम्बन्धी मापदण्ड पूरा गरेको थियो ।

    साथै वडामा जन्म दर्ता, स्वास्थ्य, स्वच्छता, शिक्षा, बालश्रम, बाल सहभागिता, बाल संरक्षण, आश्रित बालबालिका, सूचना पहुँच, समावेशीकरण हुनुपर्ने साथै अनुगमन र मूल्याङ्कन हुनुपर्ने हुन्छ ।

    वडास्तरीय प्रारम्भिक मूल्याङ्कन रिपोर्ट, तथ्याङ्क सङ्कलन र प्रतिवेदन लेखन र बालमैत्री घोषणा पूर्वतयारी गरेपछि वडा कार्यालयले सबै सूचक पूरा गरेर बालमैत्री वडा घोषणा भएको हो ।

     



    lumbinisanjal   
  • २०८२ असार १६, सोमबार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP