• २०८३ कार्तिक ८ | Sat, 24 Oct 2026
  • Dark Mode

          Subscribe

    एनपीएलको टिकट मूल्य सार्वजनिक : पाँच सयदेखि दुई हजार पर्ने

    • lumbinisanjal
    • २०८३ कार्तिक ७, शुक्रबार ०९:२९
    78
    SHARES
    एनपीएलको टिकट मूल्य सार्वजनिक : पाँच सयदेखि दुई हजार पर्ने

    काठमाडौंँ । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो।

    क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलहरूका लागि भने साधारण टिकटको मूल्य १,००० रुपैयाँ र प्रिमियम टिकटको मूल्य २,००० रुपैयाँ तोकिएको छ।

    प्रतियोगिताका सम्पूर्ण खेलहरूको टिकट आज साँझ ८:०० बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत सहजै खरिद गर्न सकिने व्यहोरा पनि क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



    lumbinisanjal   
  • २०८३ कार्तिक ७, शुक्रबार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP