• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मदिरा व्यवसायी संघ रूपन्देहीको सुभकामना आदानप्रदान, व्यवसायिक एकतामा जोड

    • lumbinisanjal
    • २०८१ चैत्र ३१, आईतवार ०८:२८
    2.4K
    SHARES
    मदिरा व्यवसायी संघ रूपन्देहीको सुभकामना आदानप्रदान, व्यवसायिक एकतामा जोड

    बुटवल, ३१ चैत । मदिरा ब्यबसायी संघ रुपन्देहीले नववर्ष २०८२ सालको शुभ अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। साथै एक कार्यक्रमका बीच शुक्रबार क्यालेन्डर बिमोचन पनी गरिएको छ। संघका अध्यक्ष हिमालय भुसालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा कर अधिकृत गौरव पाण्डे, बुटवल उधोग वाणिज्य संघका महासचिव मुक्ती प्रसाद अधिकारी , रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल ,संघका पुर्व अध्यक्षहरू खिम वहादुर खत्री, अशोक कुमार श्रेष्ठ, शम्भु प्रसाद भट्टराई, दिनेश कुमार श्रेष्ठ, अध्यक्ष सल्लाहकार किशोर पन्थी लगायतले वोल्दै ब्यबसायीहरू दिनप्रती दिन धरासायी हुँदै गइरहेको अहिलेको परिस्थितिमा एकजुट भएर अघी बढ्नु पर्नेमा जोड दिएका थिए।

    मदिरा व्यवसाय संकट तर्फ उन्मुख रहेकाले सरकारले घरेलु मदिराको खुलम खुल्ला भैरहेकाे विक्रि वितरण रोक्न कुनै पहल नगरेकोमा ब्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कर कार्यालय बुटवलका प्रमुख कर अधिकृत टीकाराम गैरेले सबैले नियमको पालन गरेर अनुशासन पुर्वक व्यवसाय सञ्चालन गर्नु पर्नेमा विशेष जोड दिएका थिए ।

    सुभकामना आदान प्रदान कार्यक्रममा कार्यसमिती सदस्यहरू ,ब्यवसायी सदस्यहरु ,कम्पनी प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिति रहेकाे महासचिव बाबुलाल खनालले जानकारि दिए । साथै कार्यक्रम मा व्यवसायीक समस्याहरु तथा कर नीति नियम को बारेमा पनि कर अधिकृतहरुले जानकारी गराएका थिए । यसैगरी क्यालेन्डर प्रकाशन गर्नको लागि विभिन्न कम्पनी बाट विज्ञापन दिई सहयोग गर्ने कम्पनी परिवार तथा क्यालेन्डर प्रकाशनका संयोजक संघका कार्यसमिती सदस्य सन्जय खनाल लगायतलाइ धन्यवाद सहित सम्मान समेत गरिएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३१, आईतवार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP