• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    दुर्गा प्रसाईं भद्रपुरबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै

    • lumbinisanjal
    • २०८१ चैत्र २९, शुक्रबार ०५:३७
    2.8K
    SHARES
    दुर्गा प्रसाईं भद्रपुरबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै

    काठमाडौं , २९ चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् ।

    भारतीय प्रहरीले अनौपचारिक रुपमा उनलाई झापाको भद्रपुर नाकामा ल्याएर छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

    उनलाई शुक्रबार बिहान ११ बजेको उडानबाट काठमाडौं ल्याउन लागिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखिएको छ ।काठमाडौं विमानस्थलबाट जिल्ला प्रहरी परिसरले जिम्मा लिएपछि उनलाई भद्रकालीस्थित हिरासतमा लगिनेछ ।

    त्यहाँबाट उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतमा म्याद थपका लागि थप्ने छ । उनीमाथि रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई जस्तै राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइनेछ ।

    गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २९, शुक्रबार ०५:३७
  • #durga prasai

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP