• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पाल्पा जाँदै गर्दा जनकको यात्रा सिद्धबाबामै रोकियो

    • lumbinisanjal
    • २०८२ असार २४, मंगलवार २०:२२
    20K
    SHARES
    पाल्पा जाँदै गर्दा जनकको यात्रा सिद्धबाबामै रोकियो

    बुटवल ,२४ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान खण्डको सिद्धबाबामा झरेको पहिरोमा परि एकजनाको मृत्यु भएको छ।

    प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरिक्षक रुम केसीका अनुसार तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै सडक माथीबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो।

    पहिरोमा परि लु ५१ प ६६३३ नं. को मोटरसाईकलमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेका पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाईकलको पछाडी बस्ने जनककी श्रीमती २९ वर्षीय कल्पना चापागाई घाईते भएकी छन्। प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर झरेको पहिरोमा परेका मोटरसाईकल चालक जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट प्रहरीले उद्धार गरेको थियो।

    घटना घटेको १५/२० मिनेट भित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

    घाइते भएकी कल्पनाको भने बुटवलमा उपचार भईरहेको प्रहरी नायब निरिक्षक केसीले जानकारी दिए। पहिरोका कारण केहि समय सडक अवरुद्ध बनेको अहिले पहिरो हटाएर आवागमन सूचारु गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ असार २४, मंगलवार २०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP