• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार ०३:२०
    1.9K
    SHARES
    जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

    तनहुँ, ५ चैत । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिरामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । थापाका अनुसार मगरले बारीमा उम्रिएको जङ्गली च्याउ व्यास नगरपालिका–६ शान्ति टोलस्थित मामाघरमा लगेर चैत १ गते पकाएर खाँदा बिरामी हुनु भएको थियो । यस्तै च्याउ खाँदा बिरामी ४ वर्षीय सुमित पुलामीको अवस्था गम्भिर छ ।

    च्याउ खाँदा विरामी हुने अन्यमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, २३ वर्षीया पवित्रा मगर,४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी र ६५ वर्षीया सीता पुलामी बिरामी हुनुहुन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार ०३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP