• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    केक होइन, सेवा रोजे: सन्दिप पोख्रेलले जन्मदिन मानवसेवामा मनाए

    • lumbinisanjal
    • २०८३ श्रावण १३, बुधबार १४:५७
    52
    SHARES
    केक होइन, सेवा रोजे: सन्दिप पोख्रेलले जन्मदिन मानवसेवामा मनाए

    बुटवल । जन्मदिनलाई केवल व्यक्तिगत खुसीको दिनमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने अभियानलाई निरन्तरता दिँदै आएका युवा समाजसेवी तथा व्यवसायी सन्दिप पोख्रेलले आफ्नो २८औँ जन्मदिन मानव सेवा आश्रम, तिलोत्तमामा आश्रित विद्यार्थी तथा बालबालिकालाई भोजन गराएर मनाएका छन्।

    गुल्मीको धुर्कोट बस्तुमा जन्मिएर हाल रुपन्देहीको तिलोत्तमामा बसोबास गर्दै व्यापार व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पोख्रेलले विगतदेखि नै जन्मदिन, विशेष अवसर तथा अन्य सामाजिक कार्यक्रमहरूलाई मानवीय सेवासँग जोड्दै आएका छन्।

    यस वर्ष पनि उनले मानव सेवा आश्रममा पुगेर आश्रित विद्यार्थी भाइबहिनीलाई भोजन गराउनुका साथै आश्रम परिसरमा वृक्षरोपण गरेर वातावरण संरक्षणको सन्देश दिएका हुन्।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसी , प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द , सन्दिपकी माता सरस्वती पोख्रेल , पिता कृष्ण प्रसाद पोख्रेल , सन्दिपको छोरी देनिशा पोख्रेल , ससुरा बुवा इन्द्रमणी अर्याल , नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल लगायत आफन्त एवम शुभेच्छुकको उपस्थिति रहेको थियो ।

    जन्मदिनको अवसरमा पोख्रेलले समाजबाट पाएको माया र साथको प्रतिफलस्वरूप केही सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले हरेक वर्ष यस्ता मानवीय कार्य गर्दै आएको बताए। उनले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउँदा त्यसले वास्तविक सन्तुष्टि र खुसी दिने उल्लेख गर्दै सबैलाई यस्ता कार्यमा जोडिन आग्रह गरे।

    कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक थमन जिसीले युवा पुस्ताले जन्मदिनलाई मनोरञ्जन र तडकभडकभन्दा सामाजिक सेवासँग जोड्नु सकारात्मक र अनुकरणीय अभ्यास भएको बताए। उनले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सेवा र सहयोगको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    सामाजिक उत्तरदायित्वलाई जीवनशैली बनाउँदै आएका पोख्रेलका यस्ता अभियानले अन्य युवालाई पनि जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरलाई मानवसेवा र सामाजिक हितसँग जोड्न प्रेरित गर्ने विश्वास गरिएको छ।

     



    lumbinisanjal   
  • २०८३ श्रावण १३, बुधबार १४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP