• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव अवसरमा ‘क्लिक, सेयर एण्ड विन’ प्रतियोगिता

    • lumbinisanjal
    • २०८२ माघ ४, आईतवार १६:५६
    1.1K
    SHARES
    नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव अवसरमा ‘क्लिक, सेयर एण्ड विन’ प्रतियोगिता

    बागलुङ, ४ माघ । नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा ‘क्लिक, सेयर एण्ड विन’ प्रतियोगिता सञ्चालन गरेको छ । आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत टेलिकमले प्रतियोगिताबारे जानकारी गराएको हो ।

    नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिची फेसबुक तथा टिकटकमा #22NTAnniversary ह्यासट्यागसहित पोस्ट गरेपछि सहभागीले नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गर्न सक्नेछन् ।

    प्रतियोगितामा प्रथम हुने एक जनाले रु. १,४९९ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिनासम्म प्राप्त गर्नेछन् । त्यसैगरी, द्वितीय हुने पाँच जनालाई रु. ९९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनाका लागि प्रदान गरिनेछ । तृतीय पुरस्कारअन्तर्गत पाँच जनालाई रु. ७९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनाका लागि तथा चौथो पुरस्कारअन्तर्गत ११ जनालाई रु. ४९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने निमित्त कार्यालय प्रमुख पुष्पराज लोहनीले जानकारी दिनुभयो ।
    प्रतियोगितामा माघ १ गतेदेखि माघ २१ गते दिउँसो १ बजेसम्म सहभागी हुन सकिने छ ।

    प्राप्त टोकन नम्बरका आधारमा माघ २१ गते लक्की ड्रमार्फत नतिजा सार्वजनिक गरिने र माघ २२ गते वार्षिकोत्सवको दिन विजेतालाई पुरस्कार वितरण गरिने लोहनीले बताउनुभयो ।
    निमित्त कार्यालय प्रमुख पुष्पराज लोहनीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख सन्देश भण्डारीले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ माघ ४, आईतवार १६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP