• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एसईई २०८२ मा अक्सफोर्डको गौरवपूर्ण सफलता, ११ विद्यार्थीले ल्याए ४ जिपिए

    • lumbinisanjal
    • २०८३ बैशाख २९, मंगलवार १६:०३
    520
    SHARES
    एसईई २०८२ मा अक्सफोर्डको गौरवपूर्ण सफलता, ११ विद्यार्थीले ल्याए ४ जिपिए

    बुटवल,२९ वैशाख । अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको पहिचानलाई पुनः प्रमाणित गरेको छ।

    विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ११ जनाले जि.पि.ए. ४.०० प्राप्त गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। त्यसैगरी ३.६० जि.पि.ए. भन्दा माथि ८३ जना, ३.२० जि.पि.ए. भन्दा माथि ५५ जना तथा ३.१३ जि.पि.ए. भन्दा माथि ४ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन्।

    ४.० GPA प्राप्त गर्ने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोह्न बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सलिश के.सी., शायन भट्टाचार्य, शिशिर बेल्बासे र शिवम खड्का रहेका छन्।

    विद्यालयका प्रधानाध्यापक दिनेश भुसालले उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउँदै विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै परिणामस्वरूप यस्तो सफलता सम्भव भएको उल्लेख गरे।

    विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ। साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर समर्पित शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

    “Education for Excellence” भन्ने मूल नारालाई आत्मसात गर्दै आएको अक्सफोर्ड सेकेन्डरी स्कुलले विगतदेखि नै उत्कृष्ट शैक्षिक नतिजामार्फत बुटवल क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रूपमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख २९, मंगलवार १६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP