• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    यी हुन् धुर्कोटका विपिन घिमिरेको हत्यामा संलग्न व्यक्ति

    • lumbinisanjal
    • २०८३ बैशाख २४, बिहीबार १८:३७
    871
    SHARES
    यी हुन् धुर्कोटका विपिन घिमिरेको हत्यामा संलग्न व्यक्ति

    काठमाडौं ,२४ वैशाख । कीर्तिपुरमा दिउँसै युवकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीन जनाको विवरण सार्वजनिक गरेको छ ।

    परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट छन् ।

    उनीहरूले बुधबार दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्ला घर भई कीर्तिपुर ढल्पा बस्ने २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ । उनीहरूले धारिलो हतियार प्रहरी गरी युवकको हत्या गरेका थिए ।

    उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख २४, बिहीबार १८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP