• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार ०३:५४
    1.7K
    SHARES
    लामो समयको खडेरीपछि ढोरपाटनमा हिमपात

    बागलुङ,१२ फाल्गुन । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।

    हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।

    हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन् । उनले भने, ‘लामो समय खडेरी पर्‍यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी पर्‍यो ।’



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार ०३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP