• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    केपी ओली कप फुटबल : आज दुई खेल हुँदै

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार ०३:३९
    1.8K
    SHARES
    केपी ओली कप फुटबल : आज दुई खेल हुँदै

    काठमाडौं , १२ फाल्गुन । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् ।

    खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै, केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ । एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा हिजो एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार ०३:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP