• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजद्वारा मुक्तिनाथबाबा धाम र बोलबम धाममा सरसफाई

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार १३:५७
    4K
    SHARES
    वेस्टर्न मेगा कलेजद्वारा मुक्तिनाथबाबा धाम र बोलबम धाममा सरसफाई

    बुटवल, ५ साउन । वेस्टर्न मेगा कलेज, बुटवलले श्रावण महिनाको अवसर पारेर नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम र सैनामैना–०४ स्थित बोलबमधाम मन्दिर परिसरमा सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न गरेको छ।

    बि.एच.एम चौथो र छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा मन्दिर परिसर सफा गर्नुका साथै तिर्थालु भक्तजनलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइएको थियो।

    श्रावण महिनाको पहिलो सोमबारलाई विशेष महत्व दिँदै आयोजना गरिएको कार्यक्रममा शिक्षणभन्दा बाहिरको व्यवहारिक ज्ञान र सामाजिक उत्तरदायित्व बारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको थियो।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतासँगै समाजप्रतिको दायित्वबोध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

    उनले आगामी दिनमा श्रावण १२ गते पाल्पाको सिद्धबाबा मन्दिर, श्रावण १९ गते जानकीनगरस्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर तथा श्रावण २६ गते भैरहवाको मोक्षधाम र बसदिलवा शिव मन्दिरमा समेत यस्तै अभियान सञ्चालन गरिने जानकारी दिए।

    कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी र अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

    वेस्टर्न मेगा कलेजले स्नातक तहमा बि.एच.एम र स्नातकोत्तर तहमा एम.बि.ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै कलेजले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना प्रक्रिया पनि सुरु गरेको छ।

     

     



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार १३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP