• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा अन्तर–क्लबस्तरीय भलिबल प्रतियोगिता हुँदै

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार २१:०५
    676
    SHARES
    बुटवलमा अन्तर–क्लबस्तरीय भलिबल प्रतियोगिता हुँदै

    बुटवल, २५ चैत । रोटरी तथा रोट्र्याक्ट क्लबहरूबीच आपसी सम्बन्ध, सहकार्य र भातृत्व अभिवृद्धि गर्ने उद्देश्यसहित बुटवलमा अन्तर–क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

    रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा स्वर्गीय कमल राज पाठकको स्मृतिमा १३औँ संस्करणको अन्तर–क्लब भलिबल प्रतियोगिता यही चैत २७ र २८ गते सञ्चालन हुन लागेको हो।

    बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै आयोजक क्लबका कार्यवाहक अध्यक्ष सुलभ घिमिरेले प्रतियोगिता देविनगरस्थित न्यू होराइजन भलिबल कोर्टमा सञ्चालन हुने बताए।
    प्रतियोगितामा यस क्षेत्रका करिब डेढ दर्जन रोटरी तथा रोट्र्याक्ट क्लबहरूको सहभागिता रहने जनाइएको छ।  विशेषगरी १२रोट्र्याक्ट र ५ रोटरी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

    आयोजकका अनुसार स्वर्गीय पाठकको परिवारद्वारा स्थापना गरिएको ५ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा क्लबहरूको दर्ता शुल्कबाट संकलित रकममार्फत प्रतियोगिताको खर्च व्यवस्थापन गरिनेछ।

    खेल संयोजक रोशनी भण्डारीका अनुसार प्रतियोगिताका विजेता टोलीलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक पुरस्कारले सम्मान गरिनेछ। उनले यो प्रतियोगिता क्लबको सिग्नेचर प्रोजेक्टको रूपमा स्थापित भइसकेको समेत बताइन्।
    गत वर्षको संस्करणमा रोटरी क्लब अफ ई–मेडिको फ्युजन तथा रोट्र्याक्ट क्लब अफ मणिग्राम विजेता बनेका थिए।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार २१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP