• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

    • lumbinisanjal
    • २०८२ आश्विन १३, सोमबार १०:५२
    2.7K
    SHARES
    अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

    अर्घाखाँची,१३ असोज । अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् ।

    बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४ को गाडी आज बिहान सन्धिखर्क– ९ टारीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीया अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल छन् ।

    जिसीका अनुसार २४ घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ आश्विन १३, सोमबार १०:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP