• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    बैंकमा पनि दुई दिन बिदा लागू, ९ बजेदेखि ४ बजेसम्म खुल्ने

    • lumbinisanjal
    • २०८२ चैत्र २३, सोमबार १४:१८
    1.2K
    SHARES
    बैंकमा पनि दुई दिन बिदा लागू, ९ बजेदेखि ४ बजेसम्म खुल्ने

    बुटवल ,२३ चैत । सार्वजनिक कार्यालय, स्कुल कलेजसँगै बैंकिङ क्षेत्रमा पनि सातामा दुई दिन बिदा लागू हुने भएको छ । पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सरकारले आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सातामा शनिबार र आइतबार दुई दिन छुट्टी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

    योसँगै सोमबारदेखि नै सरकारी कार्यालय बिहान ९ बजे खुलेका छन् । सातामा ५ दिन मात्र काम हुने भएपछि सरकारले साविकको समयमा १ घण्टा बढाउँदै काम गर्ने समय बिहान ९ देखि बेलुका ५ बजेसम्म बनाएको छ ।

    यता बैंक तथा वित्तीय संस्थाहरू पनि अब सोमबारदेखि शुक्रबारसम्म सातामा ५ दिन खुल्ने भएका छन् । सरकारले तोकेको समय अनुसार काम गर्ने समय एक घण्टा समय थप गरिएकोमा सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने भएका छन् ।

    यसअघि बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहन्थे । नेपाल राष्ट्र बैंकले २२ चैतबाटै सातामा सोमबार–शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बैंक खुला गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ । सोही व्यवस्था अनुसार सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरूले बिहान ९ बजेदेखि सेवा प्रवाह गर्न थालेका हुन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र २३, सोमबार १४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP