• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    छत्रकोट गाउँपालिकाले ल्यायो ५८ करोड ८५ लाखको बजेट

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार ११:००
    5.4K
    SHARES
    छत्रकोट गाउँपालिकाले ल्यायो ५८ करोड ८५ लाखको बजेट

    गुल्मी ,११ असार । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ८५ लाख १६ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    गाउँपालिकाको २० औं गाउँसभाको दोस्रो बैठमा उपाध्यक्ष साबित्रा ज्ञवालीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

    जस अनुसार पुँजीगततर्फ बजेटको ३४.०४% अर्थात २० करोड ३ लाख २२ हजार रुपैयाँ र चालुतर्फ बजेटको ६५.९६% अर्थात ३८ करोड ८१ लाख ९४ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ ।

    पालिकाले प्रविधिमैत्री डिजिटल शिक्षाको विकास र प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा, दिगो सडक पुर्वाधार निर्माण, कृषि तथा पशु विकास क्षेत्रको व्यवसायिकरण, स्वच्छ खानेपानी र पर्यटन विकास लगायतका विषयलाई विशेष जोड दिएको छ ।

    प्रस्तुत बजेट अनुसार सामाजिक विकास तर्फ कुल बजेटको ४८ % अर्थात २८ करोड २७ लाख ५० हजार २००, पुर्वाधार विकास तर्फ ३३.२% अर्थात १९ करोड ५२ लाख ९७ हजार , कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ११% अर्थात ६ करोड ४७ लाख ९७ हजार, सुशासन तर्फ ३.९% अर्थात २ करोड ३१ लाख १४ हजार र आर्थिक विकास तर्फ ३.८% अर्थात २ करोड २५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    उपाध्यक्ष ज्ञवालीले बजेटको सफल कार्यान्वयनबाट पालिकाको समग्र आर्थिक तथा सामाजिक विकास हुने र स्थानीयको जिवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्नुभएको छ ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP