• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    महावीरविरुद्ध दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा रामकुमारीको व्यापक आलोचना

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार १६:३०
    1.8K
    SHARES
    महावीरविरुद्ध दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा रामकुमारीको व्यापक आलोचना

    बुटवल ,२८ माघ । प्राय: उत्तेजक र आक्रोशयुक्त अभिव्यक्ति दिएर चर्चामा आइरहने नेता रामकुमारी झाँक्री अहिले निवर्तमान शिक्षामन्त्री महावीर पुनविरुद्ध गरेको टिप्पणीका कारण आलोचना खेपिरहेकी छन्। उनले गरेको टिप्पणीले नेपाली राजनीतिमा  तरंग मच्चाएको मात्र होइन समग्र एमाले उम्मेदवारलाई नै धक्का लाग्ने बिश्लेषक बताउँछन । यसोत झाक्रीको निर्वाचन क्षेत्रमा गोकर्ण बिष्ट उम्मेदवार बनेका छन । उनलाई नै झाक्रीको अभिव्यक्ती भारी हुने गुल्मी २ का स्थानीय बताउँछन ।

    नेकपा एमालेकी केन्द्रीय सदस्य झाँक्रीले हालै एक सार्वजनिक भाषणका क्रममा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई ‘बेकुफ मन्त्री’ भनेपछि सामाजिक सञ्जालमा झाँक्रीविरुद्ध व्यापक टिकाटिप्पणी भइरहेको हो।

    ‘एउटा बेकुफ मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ, चुनाव गराउन हिँडेको। गरिखान धौ भएर मागिखान हिँड्ने मान्छेहरूको तरिका हो यो’, भाइरल भिडिओमा उनी भनिरहेकी छन्, ‘गरिखान गाह्रो भएपछि मागिखान धेरै गाह्रो छ। नेपालमा भयंकर समाजसेवीहरू आए, कसैले घर बनाइदिए, उद्योग बनाइदिए, रंगशाला बनाइदिए। जहाँ कला र गला बिक्न छोड्छ अनि मागिखान हिँड्ने हो।’

    उक्त अभिव्यक्तिविरुद्ध स्वयं महावीरले पनि सामाजिक सञ्जालमार्फत कडा आलोचना गरिसकेका छन्।

    ‘एमालेमा यस्तै यस्तै कुबुद्धि भएका हावा नेताहरू निस्के भने एमाले सिद्धिएर जान्छ। आफूले नै गरिखान नसकेपछि हावा गफ गर्ने, अरूलाई गालीगलौज गर्ने र आफूभन्दा जान्ने कोही छैन भन्ने एमालेका साथीहरूलाई मेरो सुझाव- तपाईँहरूभन्दा सत्बुद्धि भएका अरू मान्छेहरू पनि नेपालमा छन्’, झाँक्रीले आफूविरुद्ध दिएको अभिव्यक्तिको भिडिओ फेसबुकमा राख्दै महावीरले लेखेका छन्, ‘आफूहरू मात्र राम्रो र अरू सबै नराम्रो भनेर नसोच्नुहोला। तपाईंहरूलाई जनताले चिनिसकेका छन्। एमालेका नेताहरूलाई भगवानले सत्बुद्धि दिऊन्!’ झाँक्रीले बोलेको त्यो भिडिओ अहिले पनि सेयर गर्दै आलोचना गर्ने क्रम जारी छ ।

    हालै भएको एघारौँ महाधिवेशनअघि मात्र नेकपा एकीकृत समाजवादी त्याग्दै एमालेमा पुन: प्रवेश गरेर केन्द्रीय सदस्य बनेकी झाँक्री यसबिच राष्ट्रियसभा सदस्यमा पनि निर्वाचित भइसकेकी छन् । पहिले अध्यक्ष केपी शर्मा ओलीको उछितो काढ्दै एमालेबाट अलग भएकी झाँक्रीले पुरानै पार्टीमा फर्केपछि ओलीको प्रशंसा र अन्यको आलोचना गर्न थालेकी छन्



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार १६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP