• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलको जुत्ता पसलमा आगलागी

    • lumbinisanjal
    • २०८२ फाल्गुन २९, शुक्रबार २३:४६
    637
    SHARES
    बुटवलको जुत्ता पसलमा आगलागी

    बुटवल ,२९ फागुन । बुटवलको एक जुत्ता पसलमा शुक्रबार साँझ आगलागी भएको छ । बुटवल-४ संगमपथ स्थित न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

    साँझ ७ः३० बजे लागेको आगलागीलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको सहयतामा नियन्त्रण गरिएको छ । आगलागी लगत्तै प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको खबर पाए लगत्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय घटनास्थल पुगेर आगलागी नियन्त्रणमा जुटेका थिए ।

    आगलागीबाट भएको वास्तविक क्षतिका विषयमा प्रहरीले अनुसनधान थालेको छ । आगलागीको कारण बारेपनि अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८२ फाल्गुन २९, शुक्रबार २३:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP