• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली कांग्रेस क्षेत्र नं.–२ रुपन्देहीद्वारा तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना

    • lumbinisanjal
    • २०८२ कार्तिक ५, बुधबार १०:००
    3.8K
    SHARES
    नेपाली कांग्रेस क्षेत्र नं.–२ रुपन्देहीद्वारा तिहार, छठ र नेपाल संवतको अवसरमा शुभकामना

    बुटवल ,४ कार्तिक । नेपाली कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नं.–२, रुपन्देहीले नेपालीहरूको महान् पर्व तिहार (यमपञ्चक)–२०८२, छठ पर्व र नेपाल संवत ११४६ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

    कार्तिक ५ गते जारी गरिएको शुभकामना सन्देशमा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा मनाइँदै आएका यी पर्वहरूले नेपाली समाजको एकता, सद्भाव र बन्धुत्व सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा सदियौँदेखि मनाइँदै आएका यी पर्वहरू हामी सबै नेपालीबीच एकता, सहयोग, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने माध्यम बनिरहेका छन्।”

    क्षेत्रीय सभापति प्रजापाल गिरीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा न्यायपूर्ण र समुन्नत समाज निर्माणका लागि प्रेरणा दिने यी पर्वहरूले समाजमा मेलमिलाप र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गरिएको छ।

    त्यस्तै, कार्यसमितिले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ५, बुधबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP