• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    यो जित जनताको जित हो : डा. लेखजंग थापा

    • lumbinisanjal
    • २०८२ फाल्गुन २७, बुधबार १४:०५
    663
    SHARES
    यो जित जनताको जित हो : डा. लेखजंग थापा

    भैरहवा , २७ फागुन  । रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले आफ्नो जितलाई जनताको जित भएको बताएका छन् । बुधबार पत्रकारहरूसँग कुरा उनले यो जितका लागि मतदाताप्रति आभार व्यक्त गर्दै आफू चाँडै काठमाडौँ जाने जानकारी दिएका हुन् ।

    डा. थापाले भारी मतान्तरले प्राप्त भएको विजयलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताए । उनका अनुसार यो नतिजाले जनताको चेतनशीलता र परिवर्तनप्रतिको चाहना स्पष्ट देखाएको छ ।

    “यो जित हाम्रो मात्र होइन, तपाईंहरू सबैको जित हो । यसका लागि म सम्पूर्ण मतदाताप्रति धेरै धेरै आभारी छु,” उनले भने ।

    उनले रुपन्देही–३ का ३६ वटै वडाबाट प्राप्त भएको समर्थनलाई ठूलो विश्वासको रूपमा लिएको उल्लेख गर्दै त्यो विश्वास कहिल्यै नटुट्ने प्रतिबद्धता व्यक्त गरे। जनताको आशा, भरोसा र अपेक्षालाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने उनको भनाइ थियो ।

    हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. थापा प्रतिनिधि सभा सदस्यमध्ये सबैभन्दा ठूलो मतान्तरले विजयी भएका छन् । उनले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४३५ मत पाएका छन् । यसरी डा. थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका हुन् ।

    पत्रकार सम्मेलनमा उनले समाज सुधार र परिवर्तनका लागि स्वच्छ पत्रकारिता अत्यन्त आवश्यक रहेको बताए । पत्रकारिताले नेतृत्व तह मात्र नभई समाजलाई पनि सही मार्गनिर्देशन गर्ने उनको धारणा थियो ।

    समाजमा आमूल सुधार ल्याउन विभिन्न पक्षसँग निरन्तर छलफल, सहकार्य र समन्वय गर्दै आफू अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २७, बुधबार १४:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP