• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    `दक्ष जनशक्ति,तिलोत्तमाको सम्पत्ति´ संगै युवालाई प्राथमिकता 

    • lumbinisanjal
    • २०८२ असार ५, बिहीबार १८:३४
    3.2K
    SHARES
    `दक्ष जनशक्ति,तिलोत्तमाको सम्पत्ति´ संगै युवालाई प्राथमिकता 

    बुटवल ,०५ असार । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवालाई लक्षित गरी “दक्ष जनशक्ति नै तिलोत्तमाको सम्पत्ति” भन्ने नारालाई अगाडि सारेको छ।

    नगर प्रमुख राम कृष्ण खाणले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवाहरुलाई दक्ष बनाउन तालिम, सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा विशेष जोड दिइएको जानकारी दिएका छन्।

    नगरपालिकाले युवा लक्षित प्रविधिमैत्री तालिमहरू सञ्चालन गर्ने, स्वरोजगार कार्यक्रम विस्तार गर्ने, स्टार्टअप र नवप्रवर्तन ९इनुभेसन० मा आधारित परियोजनाहरूमा लगानी बढाउने तथा बेरोजगार युवालाई व्यवसायिक मार्गदर्शन दिने नीति अघि सारेको छ।

    युवा वर्ग राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै तिलोत्तमाका युवामा भएको क्षमतालाई सीप र प्रविधिको सहायताले आर्थिक उत्पादनमा रूपान्तरण गरिने छ। “हाम्रो लक्ष्य तिलोत्तमाका युवालाई आत्मनिर्भर बनाउँदै, नगरको आर्थिक समृद्धिमा सहभागी गराईने भएको छ।

    यसका साथै, नगरपालिकाले सार्वजनिक निजी साझेदारी (एएए) मार्फत युवालाई उत्पादन र सेवा क्षेत्रमा आबद्ध गराउँदै तिलोत्तमा नगरभित्रै रोजगारीको अवसर सिर्जना गर्ने योजना अघि सारेको छ।

    युवालाई लक्षित यो नीति तथा कार्यक्रमलाई नगरका बौद्धिक, सामाजिक र राजनीतिक वृत्तले स्वागत गरेका छन्।

    युवा नै परिवर्तनका वाहक हुन् भन्ने सन्देशसहित नगरपालिकाले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासको लक्ष्य लिएको छ।



    lumbinisanjal   
  • २०८२ असार ५, बिहीबार १८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP