• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    इन्द्रेणीद्वारा सहकारी दिवसमा रक्तदान कार्यक्रम

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार १२:१२
    3.1K
    SHARES
    इन्द्रेणीद्वारा सहकारी दिवसमा रक्तदान कार्यक्रम

    बुटवल, १० चैत । बुटवल सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८ औं सहकारी दिवस तथा आफ्नो ३० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । विभिन्न रचनात्मक कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको इन्द्रेणीले यसवर्षपनि विभिन्न रचनात्मक कार्यक्रमसँगै आईतबार रक्तदान कार्यक्रम गरेको हो । रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा झण्डै ५० जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।

    सहकारीका कार्यबहाक अध्यक्ष माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष शिवलाल रानाले कार्यक्रमको उद्घाटन गर्दै रगतको महत्व सबैले बुझ्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै सोही अन्तरगत रक्तदान गरेको बताउनुभयो । उहाँले सहकारीमा बचतसँगै सामाजिक कृयाकलाप र उत्पादनमुलक गतिविधि अहिलेको आवश्यकता भएको बताउनुभयो ।

    सहकारीका सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा नेपाल स्वयम् सेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, इन्द्रेणीका कोषाध्यक्ष कृष्ण अर्याल, लेखा संयोजक लुन्जलाल शाक्य, रक्त संचार सेवा केन्द्र बुटवलका राधा ज्ञवाली, सहकारीका सदस्य गोविन्द ज्ञवाली, शान्तिलाल बज्राचार्यलगायतले रक्तदान गर्नुको महत्वका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो । इन्द्रेणीले आफ्नो स्थापना दिवस र सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम, अनाथ असहायलाई सहयोग, दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, सहकारी शिक्षा तालिम कार्यक्रमलगायतका कार्यक्रमहरु गर्दै आएको सहकारीका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार १२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP