• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    करदाता सेवा कार्यालय पाल्पाका सेवा कोलेनिकाबाट औपचारिक शुभारम्भ

    • lumbinisanjal
    • २०८२ माघ ४, आईतवार २१:०७
    1.6K
    SHARES
    करदाता सेवा कार्यालय पाल्पाका सेवा कोलेनिकाबाट औपचारिक शुभारम्भ

    पाल्पा, ०४ माघ । करदाता सेवा कार्यालय पाल्पाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरू आइतबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), पाल्पाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

    आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत हरि बस्याल र कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका निमित्त प्रमुख कोष नियन्त्रक हरीप्रसाद ज्ञवालीले करदातालाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र प्रदान गर्दै सेवाको औपचारिक सुरुवात गरेका हुन्।

    सेवा शुभारम्भ कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत बस्यालले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार करदाता सेवा कार्यालयहरू खारेज भएपछि पाल्पा करदाता सेवा कार्यालयले प्रदान गर्दै आएका सबै सेवाहरू अब कोलेनिकामार्फत सञ्चालनमा ल्याइएको जानकारी दिए।

    त्यसैगरी, कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका निमित्त प्रमुख कोष नियन्त्रक ज्ञवालीले अब करदातालाई सहज, छिटो, चुस्तदुरुस्त र प्रभावकारी रूपमा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। सेवा प्रवाहका क्रममा करदाताबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी काम गरिनेमा कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले करदातालाई ढुक्क भएर सेवा लिन आग्रह समेत गरे।

    कार्यक्रममा कार्यालयका कर अधिकृत चिरञ्जीवी बस्यालले सेवा शुभारम्भ भएदेखि एक सातासम्म पाल्पास्थित करदाता सेवा कार्यालयका कर्मचारीमार्फत कोलेनिकाका कर्मचारीलाई आवश्यक प्रशिक्षण प्रदान गरिने जानकारी दिए।

    उनले भने, – “सुरुमा कोलेनिकाका कर्मचारी साथीहरूलाई प्रशिक्षण दिन्छौं, त्यसपछि सेवा पूर्ण रूपमा कोलेनिकाकै कर्मचारीमार्फत प्रवाह हुनेछ।



    lumbinisanjal   
  • २०८२ माघ ४, आईतवार २१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP